Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १० : ३६ मा प्रकाशित

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुको लागि ८७ हजार २९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्युनतम मुल्य प्रति सेयर १०० रुपैयाँ तोकिएको हुंदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढि मूल्यमा सेयर खरीदका लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

सेयरमा न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागी १० को गुणनमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाइने छ । ५ लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको