Like us!
Follow us!
Connect us!
Watch us!

किन घटिरहेको छ विश्वभरको सेयरबजार ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, २२ : ०० मा प्रकाशित

किन घटिरहेको छ विश्वभरको सेयरबजार ?

गत साता विश्वभरका सेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ ।

भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी ६६२ अंकले घट्यो भने सेन्सेक्सले २२२२ अंकको गिरावट घटेको छ।  ।

त्यस्तै जापानको निक्की ४४५१ अंकले घटेको छ भने टपिक्स १२.४० प्रतिशतले घटेको छ । त्यसैगरी ताइवानको मुख्य स्टक सूचकांक ८.३५ प्रतिशतले घटेको छ ।

दक्षिण कोरियाको कोस्पी सूचकांक ८ .७७ प्रतिशतले घटेको छ । सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ ।

तर, हङकङको ह्याङ सेङमा १ .४६ प्रतिशत मात्रै गिरावट आएको छ । उता, सांघाई स्टक एक्सचेन्जमा पनि १.५४ प्रतिशतले घटेको छ।

त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ । बिटक्वाइनको मूल्य करिब ५४ हजार डलर रहेको छ । 

शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्यूयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ ।

इरान र इजरायलबीच युद्धको आशंकापछि अमेरिका र एशियाको सेयर बजारमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको