Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा २३ सयले घट्यो सुनको मूल्य

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १० : ४५ मा प्रकाशित

तोलामा २३ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्य मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको