Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए आन्दोलन गर्ने तामाङ मोर्चाको चेतावनी

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १३ : ०९ मा प्रकाशित

कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए आन्दोलन गर्ने तामाङ मोर्चाको चेतावनी

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्ने सम्बन्धमा विकसित घट्नाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

मोर्चाले भनेको छ, ‘कार्यकारी निर्देशक घिसिङको ऐतिहासिक योगदालाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउन चाहन्छ ।’

साथै मोर्चाले प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरुले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन आफूहरुको आन्दोलनमा ऐक्वेबद्धता जनाइदिनका लागि अपिल समेत गरेको छ ।

 

66b1cfedf1738.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको