Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले एक अर्ब १० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १४ : १७ मा प्रकाशित

राष्ट्र बैंकले एक अर्ब १० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको बताएको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।

सूचनामा आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन बैंकहरुलाई भनिएको छ।

२०८१ भदौ ४ गतेदेखि २०८१ चैत ९ गतेसम्म २१५ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने पनि सूचनामा उल्लेख छ।बैंक तथा वित्तीय संस्थाले आगामी भदौ २४ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

66b1df8bca542.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको