Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २३ साउन २०८१, ०९ : १४ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते एक दिन बुक क्लोज गर्ने कम्पनीले तोकेको थियो। बुक क्लोजको आधारमा साउन २३ गते अर्थात आज सम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

साधारणसभामा एफपीओ निष्कासनमार्फत थप भएको सेयर सहित कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँको आधारमा १४.००५१४३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

संस्थाले साउन ३२ गते १२औं वार्षिक साधारण सभा डाकेको छ । साउन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुर स्थित लुभु पार्टी प्यालेसमा दिउँसो १२ बजेर ३० मिनेटमा सभा सुरु गर्ने निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सभाले भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने पनि गर्नेछ । सर्वसाधारणतर्फको सेयर स्वामित्व ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको कम्पनीले सोही बमोजिमको पूँजी संरचना कायम हुने गरी प्रबन्धपत्र संशोधनको प्रस्ताव सभाले पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको