Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज

अर्थ संसार

बुधबार, १६ साउन २०८१, ०७ : ४८ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँड आज हुँदै छ। 

बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार आज बुधबार बिहान ८ बजे  क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँडको हुनेछ ।

लघुवित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म एक सय रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको थियो । एफपीओमा माग भन्दा ५१०.६६ गुणा आवेदन परेको छ ।

उच्च माग परेको कारण एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ४ हजार ६६३ आवेदकले १० कित्ताका दरले र ९ जनाले थप १ कित्ता गरी ११ कित्ताका दरले एफपीओमा हात पार्नेछन् । कुल आवेदकको ०.२८ प्रतिशत अर्थात ३६० जना आवेदकमध्ये १ जनाले सेयर हात पार्नेछन् ।

साविकको सूर्योदय र वोमी लघुवित्तबीच मर्जर भई सूर्योदय वोमी संस्था वित्तीय संस्था बनेको हो । संस्थाको कुल चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ छ ।

लघुवित्तमा हाल कायम रहेको २९.६४ प्रतिशतको हिस्सा बढाएर ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ बिक्री गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको