Like us!
Follow us!
Connect us!
Watch us!

४६ हजार कित्ताको एफपीओ खुल्यो, १० कित्ता पर्न पनि भाग्य कै भर

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, ०७ : २० मा प्रकाशित

४६ हजार कित्ताको एफपीओ खुल्यो, १० कित्ता पर्न पनि भाग्य कै भर

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी आज साउन ४ गतेदेखि आवेदन दिन खुला भएको छ। 

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। एफपीओ जारी गर्दै  सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन लागिएको हो। 

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गर्नेछ।जसबाट कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ संस्थाले उठाउने छ। 

थोरै कित्ता भएकोले यस एफपीओ पर्न भने भाग्य कै भर पर्नु पर्ने देखिन्छ। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले एफपीओ जारी गर्न लागेको हो। 

कति दिने आवेदन ?
न्यूनतम- १० कित्ताका
अधिकतममा-१ हजार कित्ता

कहिले सम्म दिने आवेदन ?
लगानीकर्ताले छिटोमा साउन ८ गते सम्म आवेदन दिन सक्नेछन्। उक्त समयमा आवेदन नपरे ढिलोमा साउन १८ गते बैंकिङ समयपछि निष्कासन बन्द हुनेछ।

को हो बिक्री प्रबन्धक ?
एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘केयर एनपी बीबी (आइएस)बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको