Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, १५.६४ लाख आवेदन मध्य केबल ४ हजार ६ सयजनाले मात्र पाए सेयर

अर्थ संसार

बुधबार, १६ साउन २०८१, ०८ : ४५ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, १५.६४ लाख आवेदन मध्य केबल ४ हजार ६ सयजनाले मात्र पाए सेयर

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बुधबार बिहान सेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार एफपीओमा १५ लाख ६४ हजार  ४ सय २३ जनाको आवेदन परेको थियो । जस मध्ये ११ सय १ जनाको आवेदन रद्द भई १५ लाख ६३ हजार ३ सय २२ जनाको आवेदन मात्र योग्य भएको थियो। 

माग भन्दा नि धेरै एफपीओमा ४७३.५३ गुणा बढीको आवेदन परेको थियो जसका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस मध्ये ४ हजार ६ सय ७२ जनाले मात्र सेयर पाएका छन् भने अन्य आवेदक हात खाली भएका छन्। सेयर पाएका ४ हजार ६ सय ७२ जना मध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने एक जनाले १०.५४५ कित्ता सेयर पाएका छन् । बाँकिले १० कित्ता सेयर पाएका छन् । एफपीओ नतिजा केहि समयमा प्रकाशन हुने छ।

कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको