Like us!
Follow us!
Connect us!
Watch us!

डेडिकेटेड ट्रंकलाइन विवाद: यशोदा फुट्स लगायत चार उद्योगले बुझाए जरिवानासहित बक्यौता

अर्थ संसार

विहीबार, २४ साउन २०८१, २१ : ५० मा प्रकाशित

डेडिकेटेड ट्रंकलाइन विवाद: यशोदा फुट्स लगायत चार उद्योगले बुझाए जरिवानासहित बक्यौता

नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई लोडसेडिङका बेला प्रदान गरेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने विषयमा विवाद भइरहेकाे बेला भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् ।

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले जरिवानासहित बक्यौता बुझाएका हुन।

भैरहवा विद्युत् वितरण केन्द्र अन्तर्गत ४ उद्योगले बक्यौता बुझाएपनि अझै ६ वटा उद्योगले बक्यौता बुझाएका छैनन्।

सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७,शोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१, सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ र जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएको प्राधिकरणको भैरहवा शाखाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको