Like us!
Follow us!
Connect us!
Watch us!

चाँडै १० प्रतिशत आईपीओ जारी गर्ने कुलमानको घोषणा

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १५ : ०१ मा प्रकाशित

चाँडै  १० प्रतिशत आईपीओ जारी गर्ने कुलमानको घोषणा

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निकट भविष्यमै प्राधिकरणले आईपीओ जारी गर्ने बताएका छन् ।

दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मलेन गर्दै कुलमानले पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने र सो रकम ठूला जलविद्युतमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढेको बताए ।

आईपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिने उनले बताए । प्राधिकरणले बर्सेनि १३ अर्ब रुपैयाँ को विद्युत चुहावट नियन्त्रण गर्दै आएको उनले जानकारी दिए । अहिले विद्यतु चुहावट १२.७३ प्रतिशतमा झारिएको छ ।

विदुत प्राधिकरणले प्रशारणलाइनमा मात्र लगानी नबढाइ जलविदुत आयोजनामा पनि लगानी बढाएको घिसिङको भनाइ छ । आन्तरिक उत्पादन वृद्धि र अन्य आम्दानी गरी खुद मुनाफा बढेको उनले बताए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको