Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावर कम्पनीको ३२. १६ लाखको ‘लक इन’ आज सकिँदै, अरु सेयर जसरी नै कारोबार हुने

अर्थ संसार

आइतबार, २७ साउन २०८१, ०८ : ३२ मा प्रकाशित

तेह्रथुम पावर कम्पनीको ३२. १६ लाखको ‘लक इन’ आज सकिँदै, अरु सेयर जसरी नै कारोबार हुने

तेह्रथुम पावर कम्पनी लिमिटेडको संस्थापक सेयर पनि सर्वसाधारण सरह कारोबार हुने भएको छ। यस हाइड्रो कम्पनीको ३२ लाख १६ हजार कित्ता सेयरको ‘लक इन’ अवधि आज साउन २७ गते सकिँने भएको हो । 

कम्पनीका संस्थापकहरुको २८ लाख कित्ता, स्थानीयलाई छुटाएको ४ लाख कित्ता र कर्मचारीलाई छुटाएको १६ हजार कित्ता सेयरको लक इन सकिने भएको हो। 

कम्पनीले २०७८ साउन ५ गतेदेखि १९ गतेसम्म स्थानीय बासिन्दाका लागि र भदौ ९ गतेदेखि १३ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा बाँडफाँड गरेको थियो। सोहि मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीतर्फको सेयर लक इन रहने व्यवस्था छ । सर्वसाधारणमा ल्याएको आईपीओको भदौ २५ गते बाँडफाँड गरेको थियो । 

सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने खरीदबिक्री गर्न पाउने छैनन् ।

हेर्नुहोस सूचना 

66b826c81b47b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको