Like us!
Follow us!
Connect us!
Watch us!

आव ०७४/०७५ को लाभांश लिनआईसीएफसी फाइनान्सको आग्रह

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १३ : १४ मा प्रकाशित

आव ०७४/०७५ को लाभांश लिनआईसीएफसी फाइनान्सको आग्रह

आईसीएफसी फाइनान्सले सेयरधनीलाई आर्थिक वर्ष २०७४/०७५ को लाभांश लैजान आग्रह गरेको छ ।

फाइनान्सको २०७५ असोज ९ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश लिन सेयरधनीहरूलाई आग्रह गरेको हो । 

सेयरधनीले आज (साउन २७) का मितिले १ महिनाभित्र आफ्नो सेयरधनी प्रमाणपत्रका साथै परिचय खुल्ने परिचयपत्र लिई फाइनान्सको सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । 

सो समयभित्र सम्पर्क गरी लाभांश नलिएमा कम्पनी ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ । 

साथै, आव ०७४ ०७५ देखि ०७९ ८० सम्मको नगद लाभांश खातामा रकमान्तरण भई नसकेका सेयरधनीले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न र शेयर भौतिक रुपमा भए यथाशीघ्र अभौतिकीकरण गर्नसमेत भनेको छ । 

यस्तै, हितग्राही (डिम्याट) खातामा अद्यावधिक गराइएको बैंक खाता नम्बर नमिलेमा वा अन्य कारणले पुनः आईपीएस प्रोसेस गर्नुपरेमा प्रतिशेयधनी ५ रुपियाँ शुल्क लाग्ने पनि फाइनान्सले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको