आईसीएफसी फाइनान्स लिमिटेडले आउदो माघ ९ गतेदेखि २३ गतेसम्म ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर -२०८८’ ऋणपत्र निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
सार्वजनिक निष्कासनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
यो ऋणपत्रमा घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ता माग गर्दै आवेदन दिन सकिनेछ। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन्।
यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमटेडले गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस