Like us!
Follow us!
Connect us!
Watch us!

आईसिएफसी फाइनान्सको ब्याज आम्दानीमा गिरावट, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, ०८ : १३ मा प्रकाशित

आईसिएफसी फाइनान्सको ब्याज आम्दानीमा गिरावट, अन्य अवस्था कस्तो ?

आईसिएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज सोमबार प्रकाशित विवरण अनुसार खुद ब्याज आम्दानी घट्दापनी फाइनान्सको खुद नाफामा भने बृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले १७ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.७४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा फाइनान्सले ३२ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो २९.८९ प्रतिशतले घटेर २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी घटेपनी फाइनान्सको अन्य सञ्चालन मुनाफामा भने ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा फाइनान्सको अन्य सञ्चालन मुनाफा १ करोड १८ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक तेस्रो त्रैमाससम्ममा यस्तो मुनाफा १४४२.१३ प्रतिशतले बढेर १८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा पनि समिक्षा अवधिमा ६५.९२ प्रतिशतले बृद्धि भएको छ । 

समिक्षा अवधि सम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा १० करोड ३० लाख रुपैयाँ पुगेको छ ।  

फाइनान्सको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा फाइनान्सको वार्षिकृत प्रतिसेयर आम्दानी १५ रुपैया ४५ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २३ रुपैयाँ १६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १४.५० गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६१ पैसा रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी चैत मसान्तसम्ममा १ अर्ब २ करोड ४२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सको जगेडा कोष बढेर ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको