Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सले पायो ३० करोडको ऋणपत्र जारी गर्न अनुमति, कति पाइन्छ ब्याज ?

अर्थ संसार

विहीबार, १८ पुस २०८१, १३ : १४ मा प्रकाशित

आईसीएफसी फाइनान्सले पायो ३० करोडको ऋणपत्र जारी गर्न अनुमति, कति पाइन्छ ब्याज ?

आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।

बोर्डले आईसीएफसी फाइनान्सलाई ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ जारी गर्न अनुमति दिएको हो। योसँगै अब कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी १ लाख २० हजार इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ।

कम्पनीले यो ऋणपत्र ७ वर्ष अवधिका लागी जारी गर्न लागेको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको