Like us!
Follow us!
Connect us!
Watch us!

लगानी बोर्डले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ११ : १७ मा प्रकाशित

लगानी बोर्डले  माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त  पद पूर्तिका लागि बोर्डले आवेदन मागेको हो । 

सोमबार एक सूचना जारी गर्दै बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन,२०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्ने भएकाले आवेदन  मागेको छ  ।  मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ्ग लगायतका विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेका र विभिन्न उल्लेखित क्षेत्रमा कम्तिमा १० वर्ष कार्य गरेको अनुभव भएका इच्छुक नागरिकले उक्त पदमा आवेदन दिन सक्ने भएका छन् ।

बोर्डका अनुसार ३५ वर्ष नाघेर ६५ वर्ष पुरा नभएका नागरिकले आवेदन दिन पाउने भएका छ । साथै, इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा आवेदन दिनु पर्ने छ ।

 

66b99e8a0c5ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको