Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्थ समितिको निर्देशन

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १२ : २१ मा प्रकाशित

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्थ समितिको निर्देशन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न अर्थ समितिले निर्देशन दिएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा अध्यक्ष चयन नहुदाँ अर्बौ रुपैयाँको निष्कासन रोकिएको भन्दै समितिले तत्काल उपयुक्त र योग्य व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न निर्देशन दिएको हो ।

समितिले पूँजी बजार सम्बेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न समेत सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्न निर्देशन दिएको छ ।

66b9ae6be6f54.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको