Like us!
Follow us!
Connect us!
Watch us!

युवाहरूलाई प्रधानमन्त्रीको सुझावः २०–३० वर्षमै विवाह गर्नुस्, छिटो सन्तान जन्माउनुस्

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १९ : १० मा प्रकाशित

युवाहरूलाई प्रधानमन्त्रीको सुझावः २०–३० वर्षमै विवाह गर्नुस्, छिटो सन्तान जन्माउनुस्

 प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् ।

‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले अघि भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’उनले युवाले फ्युचर जेनेरसन (भावी पुस्ता) बारे कुरा गर्ने गरेको भन्दै प्रश्न गरे,‘अनि पैसाले फ्युचर हुन्छ ? फ्युचरका लागि बालबच्चा चाहियो । विदआउट चिल्ड्रेन कसरी हुन्छ फ्युचर ?’

उनले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको