Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १० : ५१ मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्रीमा राखेको छ ।  कम्पनीले संस्थापक समूहको ५,३०,००० कित्ता सेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्रीमा राखेको हो ।

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आज साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

सेयर प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश गरिनेछैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको