 
                            धितोपत्र सम्बन्धी( पहिलो संसोधन) विधेयक, २०८१ संसदमा दर्ता भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।
पुँजी परिचालन तथा पुँजी बजारको विकास, लगानीकताएको हित, संरक्षण एवं नियमन लगायतका कार्यको लागि विधेयक ल्याइएको हो ।
विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन (सीडीएससी) सञ्चालनका लागि अनुमतिपत्र लिनुपर्ने, बोर्डले निवेदन जाँचबुझ गर्दा लगानीकर्ताको हित हुने र सेवा प्रभावकारी हुने देखिएमा अनुमतिपत्र दिन सक्ने व्यवस्था गरिएको छ । सेयर बजारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) मा संलग्नलाई हुने कारबाहीको व्यवस्था बढाइने भएको छ।
धितोपत्रसम्बन्धी गोप्य सूचना तथा विवरण कुनै पनि माध्यमबाट प्रवाह वा प्रकाशन गरेको प्रमाणित भएमा त्यस्ता कार्यमा संलग्नलाई बिगोबमोजिम जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था गर्न विधेयकमा प्रस्ताव गरिएको छ। हालको ऐनमा बिगोबमोजिम जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
नियामक निकायको रुपमा धितोपत्र ऐन २०६३ बमोजिम स्थापित नेपाल धितोपत्र बोर्डले संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारलाई व्यवस्थित र नियमन लगायतका कार्य गर्दै आइरहेको छ ।
 
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस