Like us!
Follow us!
Connect us!
Watch us!

करिब २६ करोड ठगेर महाबौद्ध सहकारीका अध्यक्ष सहित ७ जना फरार, ३ पक्राउ

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १३ : ५३ मा प्रकाशित

करिब २६ करोड ठगेर महाबौद्ध सहकारीका अध्यक्ष सहित ७ जना फरार, ३ पक्राउ

करिब २६ करोड बचत ठगेर महाबौद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष लगायत ७ फरार

बचतकर्ताको  बचत ठगेर महाबौद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष लगायत ७ फरार भएका छन् ।

२३१ जना बचतकर्ता २५ करोड ८७ लाख ६८ हजार ९३१ रुपैयाँ ठगेर काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा रहेको सहकारीका अध्यक्षसहित ७ जना फरार रहेका छन् ।  तीन जना भने पक्राउ परेका छन् ।

सहकारीका सचिव राजेश शाक्य, सहसचिव जितेन्द्र श्रेष्ठ र सञ्चालक समितिका सदस्य मेनुका देवी तुलाधर पक्राउ परेका छन् ।
बचतकर्ताको बचत अपचलन गरेर फरार हुनेमा सहकारीका अध्यक्ष प्रमिल स्थापित, उपाध्यक्ष मञ्जु बज्राचार्य, कोषाध्यक्ष अनुसुर्या श्रेष्ठ, सञ्चालक समितिका सदस्इ छोरी मैया बज्राचार्य, लेखा समितिका संयोजक अलिन शाक्य, लेखा समिति सदस्य अञ्जला स्थापित र लेखा समिति सदस्य विनिता मैया शाक्य फरा रहेका छन् ।

उनीहरुले सहकारीको नाममा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ ले निषेधित र उपदफा २ ले परिभाषित कसूर गरेको पुष्टि भएको काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा उल्लेख छ । सहकारीका ठगहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड ग बमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय माग दाबी गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको