Like us!
Follow us!
Connect us!
Watch us!

रुस भ्रमण सकेर फर्केका भारतीय प्रधानमन्त्री मोदी अब युक्रेन जाने

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ०८ : ०० मा प्रकाशित

रुस भ्रमण सकेर फर्केका भारतीय प्रधानमन्त्री मोदी अब युक्रेन जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जानेछन् । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई युक्रेन भ्रमणको निम्तो दिएका थिए । तेस्रो पटक निर्वाचित भए पछि भ्लादिमर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा गएका मोदी अब युक्रेन जान लागेका हुन । रुस र युक्रेन बिच युद्ध जारी रहेको छ ।  

रुस नेतृत्वको तत्कालिन सोभियत संघवाट छुटेर युक्रेन सन् १९९१ मा छुट्टै राष्ट्र बनेको थियो । त्यसपछि कुनै पनि भारतीय प्रधानमन्त्री त्यहाँ गएका छैनन् । युक्रेनअघि प्रधानमन्त्री मोदी अगस्ट २१ र २२ मा पोल्याण्डमा हुनेछन् । पछिल्लो ४५ वर्षमा भारतीय प्रधानमन्त्रीको पोल्याण्ड भ्रमण यो पहिलो हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।

प्रधानमन्त्रीको युक्रेन भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सचिव तन्मय लालले भने, ‘भारतको रूस र युक्रेन दुवैसँग सम्बन्ध छ। प्रधानमन्त्रीले त्यहाँ रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पनि छलफल गर्नेछन् ।’

यसअघि प्रधानमन्त्री मोदी रुस गएका थिए, जहाँ धेरै विषयमा छलफल भएको थियो । पीएम मोदीले मार्च २० मा पुटिन र जेलेन्स्की दुवैसँग फोनमा कुरा गरेका थिए। उनले रुस–युक्रेन युद्धमा भारतको अडान दोहोर्‍याएका थिए । 

लालले भने कि प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग धेरै पटक कुरा गरेका छन्। पछिल्लो एक वर्षमा यस्ता धेरै भेटघाट पछि उनीहरु अब युक्रेनमा भेट्न लागेका हुन् । उनले अहिलेसम्म युक्रेनलाई १६ वटा औषधि, चिकित्सा उपकरण र विद्युत उत्पादन गर्ने प्याकेज दिइएको बताए । हालसम्म करिब १३५ टन राहत सामग्री त्यहाँ पठाइएको छ । सहयोग जारी राख्ने तरिकाहरू थप विचार गरिने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको