Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार मुद्दामा हदम्याद मान्य नहुने भन्दै रविले भने– ‘नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट’

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १५ : ५० मा प्रकाशित

भ्रष्टाचार मुद्दामा हदम्याद मान्य नहुने भन्दै रविले भने–  ‘नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुँने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुँने बताएका हुन् ।

उनले  भने, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरु आएका छन् , धेरैजसो युवाहरुले फोन गरेका छन् , उनीहरुको  भनाई  थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ , म आफ्नो तर्फबाट  र  आफ्नो  दलको तर्फबाट सिंगो सदनलाई  र देशलाई  जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट । ’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको