Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जामन्त्री खड्काको दाबीः ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, ०७ : ५२ मा प्रकाशित

ऊर्जामन्त्री खड्काको दाबीः ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गर्नुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताउनुभएको हो । मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गर्नुभयो । उहाँले सरकारले स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाहरुको कामलाई समयमै सम्पन्न गर्न कटिवद्ध भएर लागेको पनि बताउनु भयो । सरकार रोजगारी सृजनातर्फ उन्मुख रहेको मन्त्री खड्काको भनाई थियो । उहाँले कुनैपनि आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने पनि बताउनु भयो । 

मन्त्री खड्काले भन्नुभयो, ‘अब सरकार रोजगारी सृजनातिर उन्मुख छ । र अधुरा आयोजनाहरु, अधुरा कामहरु समयमै सम्पन्न गर्नका लागि सरकार कटिवद्ध भएर लागेको छ । अहिले सरकार संयुक्त सरकार तपाईहरुलाई थाहा छदैछ । अहिले सम्माननीय प्रधानमन्त्रीज्युको  स्पष्ट निर्देशन छ–हाम्रो आदरणीय पार्टी सभापतिज्यूको स्पष्ट निर्देशन छ हामीलाई । समयमा सबै कामहरु सम्पन्न हुनुपर्दछ । र जनताले अनुभुति गर्नेगरी देखिने गरी काम गर्नुपर्दछ । र यसो गर्न सक्यो भने तमाम विदेशिन लागेका युवाहरुलाई यही रोजगारी सृजना गर्न सकिन्छ । मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढिगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरु अव गति लिन शुरु गरेको छ । र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ । त्यसमा पनि यहाँहरुको भुमिका अत्यन्तै महत्वपूर्ण छ ।’

मन्त्री खड्काले आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको पनि बताउनु भयो ।
न्युज एजेन्सी नेपाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको