नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै , आज चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको । शुक्रबार भने चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँ थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस