Like us!
Follow us!
Connect us!
Watch us!

बुल मार्केटको असर:केबल २४ कम्पनीको मूल्य ३०० मुनी (सूची सहित)

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, ०७ : २८ मा प्रकाशित

बुल मार्केटको असर:केबल २४ कम्पनीको मूल्य ३०० मुनी (सूची सहित)

बजार बुल मै प्रवेश गरेको आभास हुने गरि नेप्सेमा कारोबार हुने कम्पनीहरूको मूल्य पनि वृद्धि भएको देखिन्छ। केही महिना अगाडि निकै कम मूल्यमा बजारमा पाइने कम्पनीहरूको भाउ अहिले बढेर धेरै माथि पुगिसकेका छन्। 

जसका कारण ३०० भन्दा तल मूल्यका स्टकहरु नेप्सेमा देखिन छाडिसकेका छन्।

नेप्सेमा कारोबार भएको मध्ये पनि सबैभन्दा सस्तो कम्पनी रहेको छ हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयर। अगस्ट २५ २०२४ को अन्तिम कारोबार मूल्य अनुसार यस कम्पनीको मूल्य रहेको छ १७५ रुपैयाँ। संस्थापक भएपनि यो कम्पनी अरु कम्पनी जस्तै साधारण रुपमै नेप्सेमा कारोबार हुने गरेको छ।

नेप्सेमा पाइने सबैभन्दा सस्तो अर्को कम्पनी रहेको छ हिमाल दोलखा हाइड्रोपावर। यस हाइड्रोपावर कम्पनीको पछिल्लो प्रति कित्ता कारोबार मूल्य रहेको छ २३५ रुपैयाँ। २३५ रुपैयाँमै अर्को हाइड्रोपावर कम्पनी पनि नेप्सेमा उपलब्ध छ। त्यो कम्पनी हो आँखु खोला जलविद्युत कम्पनी लिमिटेड।

नेप्सेमा उपलब्ध कमर्सियल बैंकहरूमा सबैभन्दा सस्तो मूल्यमा रहेको बैंक रहेको छ कुमारी बैंक लिमिटेड। यस बैंकको अन्तिम कारोबार मूल्य २४५  रुपैयाँ रहेको छ।

त्यस्तै अर्को हाइड्रोपावर कम्पनी रहेको छ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड। यस कम्पनीको २४९ रुपैंयामा अन्तिमपटक कारोबार भएको थियो।

२५० मै अर्को पाउने हाइड्रोपावर कम्पनी रहेको छ शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड।

यी बाहेक हिमालयन ऊर्जा ,अपर तामाकोशी, घलेन्दी हाइड्रोपावर, सिटिजन बैंक ,प्रभु बैंक एनआइएमबी बैंक, दिव्यश्वरी हाइड्रोपावर, रिडी जलविद्युत एनएमबी बैंक लक्ष्मी सनराइज बैंक , ग्लोबल आइएमई बैंक,माछापुच्छ्रे बैंक, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन बैंक, सिंगटी हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, अरुण काबेली पावर लिमिटेड र लिबर्टी एनर्जी कम्पनीको सेयर अहिले पनि ३००मा वा त्यस भन्दा मुनि उपलब्ध छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको