Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्दा पनि सेयर मूल्य गुमाएका यी हुन् कम्पनी

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, ०८ : ०४ मा प्रकाशित

बजार बढ्दा पनि सेयर मूल्य गुमाएका यी हुन् कम्पनी

नयाँ सरकार गठन र पुँजी बजारलाई टेवा दिने मौद्रिक नीति आएपछि निरन्तर बढिरहेको बजारले  नेप्से परिसूचकको बिन्दु ३००० भने कटाउन सकेको छैन। 

पछिल्ला केहीपटक ३००० का बिन्दुको पार गरेर अगाडि बढ्न प्रयास असफल भएको र त्यहिँ विन्दुमा बजारमा सेलिङ प्रेसर हावी हुँदा नेप्से परिसूचक तल नै ओर्लिएको छ।

पछिल्लो कारोबार दिन अर्थात् आइतबार नेप्से  ७९.८८ अङ्कले घट्दा नेप्से परिसूचक २८९४.५७ बिन्दुमा बन्द भएको छ।

विगत एक महिनाको तुलनामा अहिले नेप्से परिसूचक ३२६ दशमलव ४४ बिन्दुले बढेको छ।  जुलाई २५ २०२४ मा २५६८.१३ बिन्दुमा रहेको नेप्से परिसूचक अहिले बढेर २८९४.५७ पुगिसकेको छ।

नेप्से परिसूचक बढेपनि केही कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ। 

विगत एक महिनामा सबैभन्दा धेरै घट्ने कम्पनी बनेको छ हिमालयन लघुवित्त।यस कम्पनीको मूल्य एक महिनामा २०.५९%ले घटेको छ। २५ जुलाई २०२४ मा १३६५ रुपैयाँ प्रति कित्ता कारोबार भइरहेको यस कम्पनी एक महिनापछि २५ अगस्ट २०२४ मा १०८४ रुपैंया प्रति कित्तामा अन्तिम कारोबार भएको छ।

हिमालयन लघुवित्तपछि अर्को सबैभन्दा धेरै घट्ने कम्पनी बनेको छ गणपति लघुवित्त वित्तीय संस्था।विगत एक महिनामा यस कम्पनीको मूल्यमा १९.९५ प्रतिशतको गिरावट आएको छ। गत महिना २०८५ रुपैयाँमा कारोबार भएको यस कम्पनीको मूल्य एक महिनामा आइतबार सम्म झरेर १६६९ रुपैंया पुगेको छ। एक महिनामा यस कम्पनीको मूल्य प्रति कित्ता ४००रुपैयाँले घटेको देखिन्छ।

तेस्रो सबैभन्दा धेरै घट्ने कम्पनी पनि माइक्रो फाइनान्स सेक्टरकै रहेको छ। यो कम्पनी हो सूर्योदय ओमी लघुवित्त वित्तीय संस्था। विगत एक महिनामा यस कम्पनीको मूल्यमा १८. ८४% को गिरावट देखिन्छ। गत महिना ११४६ रुपैयाँमा कारोबार भइरहेको यस कम्पनी अहिलेको अन्तिम कारोबार मूल्य  ९३०. १६ रुपैयाँ रहेको छ। यद्यपि यस कम्पनीको बोनस नेप्सेमा समायोजन भएका कारण पनि यस कम्पनीको मूल्यमा गिरावट देखिएको हो। यस कम्पनीले एफपीओ पश्चात चुक्तापुजीको १४.००५१४३% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ।

यस पश्चात नेप्सेमा कारोबार भएर सबैभन्दा मूल्य गिरावट भएको अर्को कम्पनी हो बोटलस नेपाल बालाजु लिमिटेड। यस कम्पनीको कारोबार मूल्य एक महिनामा १७.२२%ले घटेको छ। गएको महिना २०,६०० रुपैयाँ प्रति कित्तामा कारोबार भइरहेको कम्पनी आइतबार १७०५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।  एक महिनामा यसको मूल्यमा ३५४८ रुपैयाँप्रति कित्ताको घटाई देखिएको हो।

विगत एक महिनामा कारोबार मूल्यमा राम्रो गिरावट देखिएको अर्को कम्पनी हो तेह्रथुम पावर  कम्पनी लिमिटेड । प्रमोटरको सेयरको लकिङ सकिएसँगै यस कम्पनीमा सेलिङ प्रेसर आए पश्चात यस कम्पनीको मूल्यमा गिरावट देखिएको हो। विगत एक महिनामा यस कम्पनीको मूल्य १७.११  %ले घटेको छ। गत महिना ५८१.५० रहेको यस कम्पनीको मूल्य हाल ४८२ रूपैयाँ रहेको छ।

विगतको एक महिनामा सेयर मूल्यमा गिरावट देखिएको अर्को कम्पनी हो आरम्भ चौतारी  लघुवित्त वित्तीय संस्था।  यस कम्पनीको विगत एक महिनामा १५ .८२%को गिरावट देखिएको छ। गत महिना १३९० मा कारोबार भइरहेको कम्पनी अहिले अहिले ११७०। १६ मा कारोबार भइरहेको छ।

यसबाहेक अरु निरन्तर एक महिनामा घटेका कम्पनीहरूको सूची यसप्रकार रहेको छ:

Symbol 
25th August 2024
25th July 2024
Price Change
Percentage
HLBSL
1,084.00
1,365.00
-281.00
-20.59%
GMFBS
1,669.00
2,085.00
-416.00
-19.95%
SWMF
930.1
1,146.00
-215.90
-18.84%
BNL
17,052.00
20,600.00
-3,548.00
-17.22%
TPC
482
581.5
-99.50
-17.11%
ACLBSL
1,170.10
1,390.00
-219.90
-15.82%
SMATA
1,010.00
1,190.00
-180.00
-15.13%
SLBSL
1,210.40
1,422.90
-212.50
-14.93%
VLBS
960
1,128.00
-168.00
-14.89%
MCHL
485
563
-78.00
-13.85%
LLBS
1,220.00
1,414.00
-194.00
-13.72%
SIKLES
738.1
846.6
-108.50
-12.82%
USLB
1,620.00
1,850.00
-230.00
-12.43%
GBLBS
845.1
949
-103.90
-10.95%
SMFBS
1,501.00
1,684.90
-183.90
-10.91%
AVYAN
1,024.00
1,149.00
-125.00
-10.88%
GILB
1,365.00
1,530.00
-165.00
-10.78%
SMHL
654
731
-77.00
-10.53%
GLBSL
1,888.00
2,106.00
-218.00
-10.35%
JSLBB
1,481.00
1,649.00
-168.00
-10.19%
KDL
1,161.00
1,290.00
-129.00
-10.00%
ILBS
1,150.00
1,273.00
-123.00
-9.66%
SMB
1,784.00
1,971.00
-187.00
-9.49%
MKJC
545
596
-51.00
-8.56%
NMFBS
1,551.00
1,693.20
-142.20
-8.40%
BNT
15,666.00
17,099.00
-1,433.00
-8.38%
CYCL
1,545.50
1,679.00
-133.50
-7.95%
USHEC
545.7
592
-46.30
-7.82%
HDL
1,468.00
1,590.00
-122.00
-7.67%
DLBS
1,329.00
1,439.00
-110.00
-7.64%
ENL
1,200.00
1,299.00
-99.00
-7.62%
NMBMF
801
867
-66.00
-7.61%
UNL
49,700.00
53,750.00
-4,050.00
-7.53%
MERO
877
948
-71.00
-7.49%
CGH
1,089.00
1,171.00
-82.00
-7.00%
FOWAD
1,588.90
1,703.00
-114.10
-6.70%
MANDU
1,146.00
1,225.00
-79.00
-6.45%
CKHL
655.5
694.6
-39.10
-5.63%
AHL
717
758.8
-41.80
-5.51%
USHL
625
660
-35.00
-5.30%
TVCL
506
534
-28.00
-5.24%
GVL
580
610
-30.00
-4.92%
BNHC
604
634
-30.00
-4.73%
UHEWA
525
550
-25.00
-4.55%
SHLB
1,870.00
1,954.00
-84.00
-4.30%
KMCDB
1,140.10
1,189.00
-48.90
-4.11%
SAMAJ
2,874.00
2,990.00
-116.00
-3.88%
EHPL
577
597
-20.00
-3.35%
FMDBL
851
879.8
-28.80
-3.27%
RSDC
822
845
-23.00
-2.72%
PHCL
398
408
-10.00
-2.45%
MLBSL
2,160.00
2,210.00
-50.00
-2.26%
NUBL
843
860
-17.00
-1.98%
NYADI
369
375
-6.00
-1.60%
BHL
425
430
-5.00
-1.16%
MHCL
430
435
-5.00
-1.15%
MLBS
1,475.00
1,490.00
-15.00
-1.01%
MLBBL
1,521.00
1,530.00
-9.00
-0.59%
BGWT
945
950.1
-5.10
-0.54%
SGIC
732
735
-3.00
-0.41%
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको