Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी सांसदहरूको आक्रोश: योगेश भट्टराई हतियार तस्कर हुन्, छानबिन होस्

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, १४ : ५९ मा प्रकाशित

माओवादी सांसदहरूको आक्रोश: योगेश भट्टराई हतियार तस्कर हुन्, छानबिन होस्

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद योगेश भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिनको माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभामा १० वर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि बैठकमा हंगामा नै भएको थियो। बैठकमा उठेर माओवादी सांसदहरूले उनको अभिव्यक्त संसदको रेकर्डबाट हटाउन माग गरेको थियो।

सोही विषयमा आज पनि माओवादी सांसदहरू एमाले सांसद भट्टराईमाथि खनिएका छन्। आजको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ ले जनयुद्धलाई हिंसाको संज्ञा दिएको बताए । 

‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो‚’ उनले भने ।

अर्का सांसद छिरिङलामू लामा तामाङले एमाले सांसद भट्टराईले संसदको सामान्य मान समेत नराखी माओवादीको अपमान गर्ने अभिव्यक्ति दिएको बताइन्।

‘एमाले सांसदले संसद्को सामान्य मान पनि नराखी व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गर्ने मनसायले अभिव्यक्ति दिनुभयो,’ उनले भनिन्, ‘माननीयको त्यस्तो किसिमको अभिव्यक्ति र रवैयाले देशलाई अर्को द्वन्द्वको चपेटा लाने भित्री मनसाय प्रकट भएको होकि भन्ने गम्भीर आशंका पैदा भएको छ।’

साथै उनले भट्टराईको कन्ट्रोभर्सीहरू पनि याद दिलाउँदै हतियार खरिदबिक्री र ओसारपसारमा गरेको आरोपमा उचित छानबिन गर्नुपर्ने माग समेत राखिन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको