Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्रलाई रघुजीले भने - जुम्लामा हाहु गरेर आएको जस्तो होइन,मसित बहस गर्ने भए पढेर आउनुस्

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, १३ : २६ मा प्रकाशित

ज्ञानेन्द्रलाई रघुजीले भने - जुम्लामा हाहु गरेर आएको जस्तो होइन,मसित बहस गर्ने भए पढेर आउनुस्

संसद्‌मा नेकपा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच सवालजवाफ भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर सवालजवाफ चलेको हो ।

संसद्मा नेकपा एमालेका सांसद रघुजी पन्त र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीबीच संसदमा चर्काचर्की भएको छ ।

 आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रको इतिहासबारे टिप्पणी गर्दै पोल खोल्न थालेपछि राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गर्दा भनाभन भएको हो ।  

आफ्नो सम्बोधनमा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरेका थिए । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनको प्रसङ्गमा उनी आइसकेपछि शाहीले उठेर प्रतिवाद गरेका हुन् ।

शाहीले भनेका थिए, ‘बिना आधार राजाहरूको विषयमा जथाभाबी बोल्न पाइन्छ ?’

जवाफमा पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । ‘इतिहास पढेर आउनुस् महोदय । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । मसित बहस गर्ने भए पढेर आउनुस् ।’

सभामुख देवराज घिमिरेले पनि शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । शाही नबसेपछि सभामुखले केहीबेर उनलाई सम्झाउन खोजे । पन्तले आफूलाई बोल्न डिस्टर्व गरिएको भन्दै यो समयको हिसाब गर्न सभामुख समक्ष माग गरे । सभामुखले पनि उनको माग अनुसार फेरि समय थप गरिदिए ।राजा त्रिभुवन दिल्ली जाँदा विभिन्न ठाउँमा ‘रसरंग मच्चाउन थालेपछि भारतीय प्रधानमन्त्री नेहरुले नै आलोचना गरेको दाबी पन्तले गरेका थिए । उनले यस्तो बोलिरहँदा शाहीले नियमापत्ति गरे ।

सांसद शाहीलाई डिस्टर्ब नगर्न पन्तले आग्रह गरे । शाही चुप नलागेपछि उनले इतिहास पढेर आफूसँग बहसमा उत्रन आग्रह गरे ।

‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु । इतिहासका अंश पढेर आउनुस् । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । इतिहास पढेर आउ,के बोल्न पाइन्छ मलाई थाहा छ । इतिहास पढेर आउने, म सँग बहस गर्न आउने, मिस्टर । माननीय जी । इतिहास पढेर आउने ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको