Like us!
Follow us!
Connect us!
Watch us!

आज संसद्का दुवै सदनको बैठक बस्दै

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १० : २२ मा प्रकाशित

आज  संसद्का दुवै सदनको बैठक बस्दै

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर विपक्षी दलहरुले अवरुद्ध गर्दै आएको संसद बैठक आज पनि बस्दै छ । आज संघीय संसद्को दुवै सदनको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक  दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण भएको छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस हुने सम्भावित कार्यसूची छ । यस्तै, राष्ट्रियसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको