प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ।
बैठक सुरु भएको केही समयमै प्रतिपक्षी दलका सांसदहरूले आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।
सभामुख घिमिरेले बैठक सुरु गर्नासाथ दलीय आधारमा बोल्न दिने भन्दै सांसदहरूलाई बस्न आग्रह गरे पनि प्रतिपक्षी सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए। यसपछि सभामुख घिमिरेले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
यसैबीच, सत्तापक्षका सांसदहरूले संसद अवरुद्ध गरेर बोल्न रोकिएको भन्दै बैठक सञ्चालनको माग गरेका थिए। तर, प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण बैठक अघि बढाउन सम्भव भएन।
बैठक स्थगित भएपछि सभामुख घिमिरेले आगामी बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस