प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ ।
विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने र बस्न अनुरोध गरे पनि उनीहरूले अवरोध जारी राखे। अवरोध कायमै रहेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन्। विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस