Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस एमालेको सरकार बनेपछि आत्मविश्वास बढ्यो, सरकारको निरन्तरता कायमै हुन्छ : गृहमन्त्री लेखक

अर्थ संसार

आइतबार, १६ भदौ २०८१, ०९ : २३ मा प्रकाशित

कांग्रेस एमालेको सरकार बनेपछि आत्मविश्वास बढ्यो, सरकारको निरन्तरता कायमै हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेची सत्ता समीकरणका लागि भएको सहमतिको इमान्दारीपूर्वका कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।

कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले भने, ‘कांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो। हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीजीबीच असार १७ मा भएको सात बुँदे सहमतिलाई इमान्दारपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी अहिले कांग्रेसको छ।’

कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै उनले राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको बताए। दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहने गृहमन्त्री लेखकले बताए। 

कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्नु गृहमन्त्री लेखकको भनाइ छ। मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको उनको दाबी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको