नेपालमा मनसुन सक्रिय भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घन्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस