Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल नजिक सर्दै मनसुनी रेखा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, ०७ : ०९ मा प्रकाशित

नेपाल नजिक सर्दै मनसुनी रेखा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक सर्न थालेको छ।  पश्चिमतिर सरदर स्थानको आसपास छ भने पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ ।

अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको