Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ जारी गर्ने

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, २० : २० मा प्रकाशित

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ जारी गर्ने

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडद्वारा सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । सेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

आज कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट संचालक  नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागिएको हो ।

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धी औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेका छन् ।

कम्पनीले उत्पादन गरी रहेका औषधीहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा Good Manufacturing Practices (GMP) तथा Feed Addititives and Pre-Mixture Quality System ( FAMI QS) अनुसार प्रमाणिकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अर्न्तराष्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य रहेको छ ।

हाल कम्पनीले औषधी व्यवस्था विभागबाट ६१ वटा औषधीहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्र प्राप्त गरि नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ र अन्य औषधीहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुको समेत उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ। नेपाल तथा अन्तर्राष्ट्रिय बजारको पशु स्वास्थ्यमा योगदान पुऱ्याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेका यस कम्पनीले भेटेरिनरी औषधी उद्योगहरु अन्तर्गत सर्वसाधारणहरुमा सेयर निष्काशन गर्ने यो पहिलो औषधी उद्योग हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको