Like us!
Follow us!
Connect us!
Watch us!

मौसमको २४ घन्टा पूर्वानुमान, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०७ : ०४ मा प्रकाशित

मौसमको २४ घन्टा पूर्वानुमान, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

आगामी २४ घन्टामा मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका  थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशीका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि आकलन महाशाखाले गरेको छ।

 मंगलबार दिउँसो कोशी, मधेश, बाग्मती,गण्डकी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको