Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीले संसदमा धितोपत्र सम्बन्धी संशोधन विधेयकलाई छलफल गर्न समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०७ : ४१ मा प्रकाशित

अर्थमन्त्रीले संसदमा धितोपत्र सम्बन्धी संशोधन विधेयकलाई छलफल गर्न समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

 आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज अपराहन्न १ बजे संसदको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रपतिको कार्यालयको पत्र

सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

प्रश्नोत्तर

सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।

समितिको कार्यावधि थप

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने ।

समितिको प्रतिवेदन पेश

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको "नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१" र "सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने ।

व्यवस्थापन कार्य

माननीय उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले:-

(क) “ धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको