दुईवटा म्युचुअल फण्डहरू कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको प्रतिफल सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ।
आजसम्म नेप्सेमा कारोबार भएर कायम इकाईधनीले यी दुई फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
प्रतिफल वितरण प्रयोजनार्थ बुधबार बुकक्लोज हुँदैछ। यी दुवै फण्डले इकाइधनीलाई गत आर्थिक वर्षसम्मको मुनाफाबाट ९.५ प्रतिशतका दरले (करसहित) नगद लाभांश घोषणा गरेका थिए।
यी दुवै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस