Like us!
Follow us!
Connect us!
Watch us!

आज यी तीन म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०७ : ५६ मा प्रकाशित

आज यी तीन म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सानिमा क्यापिटल व्यवस्थापन रहेका तीनवटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ। 

सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्नुपर्नेछ। यसअघि नै नगद लाभांश घोषणा गरेका यी म्युचुअल फन्डले बुधबार (भदौ २६) बुक क्लोज गर्दैछन्। बुक क्लोजका आधारमा मंगलबारसम्म कायम इकाईधनीले लाभांश पाउनेछन्।

क्यापिटलको भदौ १४ गतेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको