Like us!
Follow us!
Connect us!
Watch us!

यस वर्ष दशैका लागि नयाँ नोट नसाट्ने राष्ट्र बैंकको निर्णय

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १० : ५२ मा प्रकाशित

यस वर्ष दशैका लागि नयाँ नोट नसाट्ने राष्ट्र बैंकको निर्णय

हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ ।  

नयाँ नोट छाप्न खर्च बढ्दै जाँदा राष्ट्र बैंक नयाँ नोट नछाप्ने निर्णयमा पुगेको हो ।

नयाँ नोट नछापे पनि पुरानै पैसाको सफा नोट सटही गरिदिने केन्द्रीय बैंकले जनाएको छ । दसैंमा नयाँ नोट प्रयोग गर्दा धेरै फोहोर हुने र नोट छिट्टै पुरानो हुने केन्द्रीय बैंकले जनाएको छ । 

नोट व्यवस्थापन, छपाईका साथै ओसारपसारलगायतका शीर्षकमा वर्षेनी १ अर्ब रुपैयाँ बढीको आर्थिक खर्च हुने गरेको तथ्यांक नै छ ।  नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । उक्त योजना यस पटकको दशैंबाट लागू गरिने भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको