Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, ११ : ०६ मा प्रकाशित

कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रिय बैंकले थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ भने असोज ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।  

भदौ १६ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने यसै अवधिमा जम्मा ५१ खर्ब ९४ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ६ खर्बमाथि लगानीयोग्य रकम रहेको छ । केन्द्रीय बैंकका अनुसार भदौ १६ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ७८.९४ प्रतिशत मात्र सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेका छन् । नियम अनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतसम्म जान पाउछन् ।

केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको