Like us!
Follow us!
Connect us!
Watch us!

सार्फीको अध्यक्षमा केन्द्रिय बैंक, गभर्नर अधिकारीले लिए नेतृत्व

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १४ : १३ मा प्रकाशित

सार्फीको अध्यक्षमा केन्द्रिय बैंक, गभर्नर अधिकारीले लिए नेतृत्व

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी) को अध्यक्षमा  नियुक्त भएका छन् । यससँगै सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकले गर्ने भएको छ । 

मध्यअमेरिकी मुलुक एल्साल्भाडोरको राजधानीमा २ सेप्टेम्बरदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एउफआई) ग्लोबल पोलिसि फोरम चलिरहेको छ । सो बैठक अन्तर्गत आज आयोजित ५औं सार्फी लिडर्स राउन्टेबलको मा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण भएको हो ।

सो अवसरमा गर्भनर अधिकारीले भर्चुअल माध्यमबाट सहभागीता जनाएर अध्यक्षता ग्रहण गरे । यस्तै बैठकले स्टेट बैंक अफ पाकिस्तान लाई उपाध्यक्ष चयन गरेको छ । यसअघिको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘ग्लोबल पोलिसि फोरम’को बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाई अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको