Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट, ९० अंकले बजार घट्दा १२ अर्ब ९२ करोडको कारोबार

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारमा भारी  गिरावट, ९० अंकले बजार घट्दा १२ अर्ब ९२ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ९०.७३ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाखको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २९ करोड ८० लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको