Like us!
Follow us!
Connect us!
Watch us!

आज चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०६ : ५७ मा प्रकाशित

आज चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने आकलन गरिएको छ।

कोशी ,बाग्मती, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  छ। 

राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने देखिएको छ। कोशी, मधेश ,लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

शुक्रबार पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भुभागका थोरे स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको