Like us!
Follow us!
Connect us!
Watch us!

दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरिनेछ : गृहमन्त्री लेखक

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०७ : ०३ मा प्रकाशित

दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरिनेछ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताएका छन्। 

दोधारा चाँदनी नगरपालिका स्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन समारोहमा मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरि देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए।

‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ, अब दोधारा चाँदनीमा सुुख्खा बन्दरगाह निर्माण हुन्छ,’ उनले भने, ‘यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छाै।’ उनले निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिंङकरबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए। 

उद्योग, व्यापार वाणिज्य, पर्यटनका हिसावले महत्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गरिने उनले बताए। उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न भारत तयार रहेको बताए। ‘दुई-तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ,’ उनले भने, ‘दोधारा चाँदनी क्रमिक रुपमा विका भइरहेकोले चिन्ता गर्नुपर्ने विषय छैन।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको