Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकका कर्मचारीले पाउँदैछन् करिब १० अर्ब बोनस, कुन बैंकको कति ?

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १२ : ४२ मा प्रकाशित

वाणिज्य बैंकका कर्मचारीले पाउँदैछन् करिब १० अर्ब बोनस, कुन बैंकको कति ?

बैंक तथा वित्तीय संस्थाले बर्सेनि बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस बापत छुट्याउने गरेका छन् । जसनुरुप बैंकहरुले आफ्ना कर्मचारीको लागि अर्बौ बोनस छुट्याएका हुन्छन् ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुलाई ९ अर्ब ६७ करोड १२ लाख ४० हजार रुपैयाँ बराबरको बोनस छुट्याएका छन् ।  कर्मचारीलाई सबैभन्दा धेरै बोनस बाँड्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको नाफाबाट यस बैंकले कर्मचारीलाई १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बाढ्नेछ । त्यस्तै, ग्लोबल आइएमई बैंकले नाफाबाट १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस दिनेछ ।

तथापि, गत वर्षको तुलनामा यसको बोनस दर ९.१७ प्रतिशतले घटेको हो ।

साथै, ग्लोबल आइएमई बैंकले ९५ करोड १९ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । १ वर्षको अवधिमा १३ बैंकको बोनस रकम घटेको छ भने ७ बैंकको बढेको छ । सबैभन्दा कम बोनस बाँड्नेमा सरकारी स्वामित्वको नेपाल बैंक देखिएको छ । यस बैंकले १५ करोड २१ लाख रुपैयाँ बोनस छुट्याएको छ ।

बैंकहरुले घोषणा गरेको बोनस उनीहरूको साधारण सभाले पारित गरेपछि अधिकांश बैंकहरुले वितरण गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको