Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छ : गृह मन्त्री लेखक

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १७ : ४९ मा प्रकाशित

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छ : गृह मन्त्री लेखक

गृह मन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका -१० झलारीमा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) बिच समीकरण बनाइ स्थिर सरकार गठन भएको बताएको हो ।

संविधानको कार्यान्वयन ठिक ढंगले गर्न आगामी निर्वाचनसम्म सत्ता समीकरण रहिरहने उनले बताए। १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुंगोमा पुगेको उनले उल्लेख गरे । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको भनाइ छ । 

कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रूपमा विकसित गरिने गृह मन्त्री लेखकले बताए । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्र रूपमा अगाडि बढाइने उनले  उल्लेख गरे।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको