Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंसहित विभिन्न क्षेत्रमा रातिदेखि लगातार वर्षा, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०७ : ०६ मा प्रकाशित

काठमाडौंसहित विभिन्न क्षेत्रमा रातिदेखि लगातार वर्षा, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

जसकारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार रातिदेखि लगातार पानी परिरहेको छ। 

दिउँसो पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

 राति पनि कयौँ स्थानमा वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी  वर्षाको आकलन गरिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको